२६ बैशाख २०८१, बुधबार

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा


नारायणगढ-मुग्लिन सडकखण्ड

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको थियो । करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो ।

पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको थियो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन ।

तनहुँ – दुई दिनदेखि निरन्तर परेको वर्षापछि पहिरो जाँदा आजविहानदेखि अवरुद्ध भएको डुम्रे–बँेसीसहर खण्ड सञ्चालन आएको छ । भानु नगरपालिका–१ अँधेरी खोलामा माथिबाट आएको पहिराले सो सडक खण्ड अवरुद्ध भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । नगरपालिकासँग समन्वय गरी करिब एक घण्टाका अवधिमा सडक सञ्चालन गरिएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !