४ जेष्ठ २०८१, शुक्रबार

उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न सिडिओहरुको बैठक आज बस्दै


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाबारे निर्णय गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक आज बस्दैछ । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयावधि थप गर्नेबारे आज मंगलबार निर्णय हुने भएको हो ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सुझावपछि निषेधाज्ञा थप गर्ने तयारी थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार आज मंगलबार दिउँसो ३ बजे बैठक बसेर निषेधाज्ञाको मोडालिटी र लकडाउन थपबारे निर्णय गर्ने तयारी रहेको उनले बताए ।

सरकारले जारी गरेको पछिल्लो निषेधाज्ञाको समयावधि आज मंगलबार राति १२ बजेदेखि सकिदैछ । उपत्यकामा निषेधाज्ञाका कारण मुख्यतः शिक्षण संस्था, फिल्महल, चिडियाखाना,स्वीमिङ पुल, दोहोरी साँझ लगायत भीडभाड हुने ठाउँहरु बन्द छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !