२४ बैशाख २०८१, सोमबार

उपत्यका निषेधाज्ञा थप खुकुलो : कुन बार कति बजेसम्म कुन पसल खुल्छ ? (सूचीसहित)


पसल

काठमाडौँ । कोभिड-१९ सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो (लुज डाउन) पार्दै आज मंगलवारदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ ।

उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित असार ६ गते आइतबार बसेको संयुक्त बैठकले अन्य व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको थियो । आज मङ्गलबार बिहान १ बजेदेखि १४ गते राती १२ बजेसम्म उक्त आदेश लागू हुनेछ ।

यसपटक साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा ४ जना) ट्याक्सीमा ३ जना र मोटरसाइक, स्कुटरमा जोरजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाउने छन् ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपसान्ह ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्टोनिक्स पसल आइतबार मङ्गलबार र बिहिबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

निषेधाज्ञा लम्ब्याउने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !