१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यका निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू


लकडाउन

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र लागू गरेको निषेधाज्ञा खुकुलो बनाएको छ । काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । अब निषेधाज्ञाको मोडालिटी परिवर्तन भएर सवारीमा जोर बिजोर प्रणाली लागू भएको हो ।

आज साँझ काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को बसेको संयुक्त बैठक निषेधाज्ञा खुकुलो पार्दै असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् ।

बैठकले अहिलेसम्मको समिक्षा गरी सवारी सञ्चालनमा खुकुलो गर्ने निर्णय गरेको हो । नीजि सवारी कार, जीप भ्यानमा ४ जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने ३ जनामात्रै यात्रु राख्न पाइनेछ ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) ले पनि निजी सवारी साधनलाई चल्न दिनुपर्ने सुझाव दिएपछि महिनौ दिन अघिदेखि घरमा बस्न बाध्य भएका उपत्यकामा कार, बाइक, स्कुटी चढ्नेमा खुशीयाली छाएको छ ।

सार्वजनिक सवारी साधन भने अझै केहि समय सञ्चालन गर्ने पाइने छैन । एक हप्ताको अवस्था हेरेर कोरोना भाइरसको संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक सवारी साधन आधा सिटमा चलाउन दिने तयारी समेत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !