१५ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय (आदेशसहित)


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यका जारी निषेधाज्ञा एक साता थप्ने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु (सिडियो) को आज बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

उपत्यकामा थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । यसअघि असार ७ जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म कायम रहने छ ।

कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थपेर असार १४ गतेसम्म लागू हुनेछ । यो अवधिमा नीजि सवारी साधन भने जोर बिजोरका आधारमा सञ्चालन हुनेछन् ।

आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा पसल, मोबाइल पसल बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्ला रहनेछन् । यस्तै सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्ट स्टोर, फेन्सीका पसलहरु बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुल्नेछन् ।

खाद्यन्न पसल भने हरेक दिन बिहान ११ बजेसम्म खोल्न पाइने छ । निर्माण सामग्रीका पसलहरु पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । नीजि सवारी कार, जीप भ्यानमा ४ जनामात्रै यात्रु राख्न पाइनेछ । त्यस्तै ट्याक्सीमा भने ३ जनामात्रै यात्रु राख्न पाइनेछ ।

निषेधाज्ञा लम्ब्याउने निर्णयनिषेधाज्ञा लम्ब्याउने निर्णयनिषेधाज्ञा लम्ब्याउने निर्णयनिषेधाज्ञा लम्ब्याउने निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !