१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा थप कडाइका साथ लम्ब्याइयो एक साता निषेधाज्ञा : के गर्न पाइन्छ र पाइदैन ?


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा भोलि बुधबार मध्यरात सकिँने भएकोले अब फेरि एक साता समय थप गरिएको हो ।

के गर्न पाइन्छ ?

१. खाद्यान्न पसल खोल्न पाइने समयमा पनि परिवर्तन गरिएको छ । अब खाद्यान्न र अति आवश्यक वस्तुहरुका पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ । यसअघि साँझ ५ देखि ७ बजेसम्म पनि खोल्न दिइएको थियो ।

२. बैंक तथा वित्तिय संस्थाको हकमा सीमित कर्मचारीलाई उपस्थित हुने गरी संचालन अनुमति दिने निर्णय पनि भएको छ । शाखामा २५ प्रतिशत कर्मचारी र काठमाडौंमा २० प्रतिशत जनशक्तिलाई उपस्थित भएर काम गर्न अनुमति दिने निर्णय प्रशासनले गरकोे छ । साथै बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन चलाउन पाउनेछन् ।

३. पत्रकारहरूलाई पनि कडाइ गर्ने र पत्रकारहरूको हकमा सूचना विभागको कार्डको प्रयोग अनिवार्य बनाइएको छ ।

४. उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ ।

के गर्न पाइदैन ?

१. उपत्यकामा साँझ ५ बजेदेखि ७ बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न पाउने निर्णय सच्याइएको छ । अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको छ ।

२. साथै अतिआवश्यक पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ । अबदेखि बिहान १० बजेसम्म मात्र पसल खोल्न पाइने र बेलुका नपाइने निर्णय पनि भएको हो ।

३. प्रशासनले यसअघि जारी भएका सबै प्रकारका पास खारेज गर्ने निर्णय पनि गरेको छ । निषेधाज्ञा उल्लंघन गर्दै फुटपाथ, साइकल र ठेलागाडा संचालन गर्नेलाई पनि कार्वाही गर्ने निर्णय पनि गरिएको छ ।

४. सडकमा अनावश्यक भीडभाड देखिएकाले आवश्यकबाहेक हिँडडुलमा पनि कडाई गरिएको छ । अत्यावश्यक कामबिना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने निर्णय पनि भएको छ ।

५. कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई अनुगमन गरेर कडा कार्वाही गर्ने निर्णय गरिएको छ ।

उपत्यकामा थप कडाइका साथ लम्ब्याइयो एक साता निषेधाज्ञा : के गर्न पाइन्छ र पाइदैन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !