२४ बैशाख २०८१, सोमबार

इयु नछाड्न ब्रिटेनलाई ओबामाको आग्रह


obama_uk_visit_cameron

ब्रिटिश प्रधामन्त्री डेभिड क्यामरनसँग लण्डनमा भेटेपछि ओबामाले इयु त्यागे ब्रिटेन अमेरिकासँग व्यापार सम्झौताहरु गर्ने लामको पछाडि पुग्ने बताए।

इयु छाड्ने पक्षमा रहेकाहरुले यो बहसमा ओबामाको हस्तक्षेपको आलोचना गरेका छन्।

तर ओबामाले भने, “यो ब्रिटेनका जनताले निर्णय गर्ने विषय हो, मैले आफैले भोट खसाल्ने पनि होइन, न त मतदानमा प्रभाव पार्न म यहां आएको हुं, मैले केवल आफ्नो धारणा राखेको हुँ, यो खतरा होइन,यसले त बहसलाई तीव्रता दिनुपर्छ।”
पत्नी मिशेलसहित ओबामा तीनदिने भ्रमणका लागि ब्रिटेन पुगेका हुन्।

ब्रिटेनको द डेलि टेलिग्राफ पत्रिकासँगको कुराकानीमा ओबामाले इयुमै रहिरहे त्यसले विश्वमा ब्रिटेनको प्रभाव विस्तार गर्न मद्दत पुर्याउने बताए।

तर लण्डनका मेयर बोरिस जनसनले ओबामाको धारणालाई ‘ढोंगी’ भन्दै इयुको पद्धति अमेरिकी मूल्य मान्यतासँग नमिल्ने किसिमको रहेको बताएका छन्।

क्यामरन र ओबामाले तथाकथित इस्लामिक स्टेटविरुद्धको लडाइँबारे पनि छलफल गरेको बताइएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !