२१ बैशाख २०८१, शुक्रबार

डढेलोको जोखिममा सोह्र लाख हेक्टर


काठमाडौं, १० वैशाख । लामो समयसम्म पानी नपर्दा सुक्खा भएको तराई चुरे क्षेत्रका ३६ जिल्लामा १६ लाख हेक्टर वन डढेलोको जोखिममा रहेको छ । वन तथा भू-संरक्षण मन्त्रालयले डढेलो व्यवस्थापनका चुनौती र प्रयासका बारेमा श’क्रबार गरेको अन्तक्रिर्यामा चुरे क्षेत्रमा भौगोलिक विकटता, अति सुक्खा क्षेत्रका कारण १६ लाख हेक्टर वन क्षेत्र जोखिममा रहेको जानकारी दिइयो ।

मन्त्रालयले डढेलो नियन्त्रणका लागि मुलुकभर साताव्यापी कार्यक्रम गरी जनचेतना जगाउने, डढेलो नियन्त्रणका लागि विभिन्न रणनीति बनाई सुरक्षा निकायलाई परिचालन गरेेको वनमन्त्री अग्निप्रसाद सापकोटाले बताए ।

मन्त्रालयले वनमा फैलिने डढेलो नियन्त्रणका गर्न पानी झोला, दमकल, जेनेरेटर परिचालन गरिरहेको जनाएको छ । छिटै हेलिकप्टरको समेत व्यवस्थापन गर्ने तयारी गरेको मन्त्री सापकोटाले बताए । नयाँ घाँस पलाउँछ भनेर र जङ्गली जनावरको सिकार गर्न गाउलेले जानाजान जंद्धलमा आद्धो लगाउने गरिएको छ । यसले वन क्षेत्र अतिक्रमण बढेको छ । जानाजान गरिने आगलागीबाट हुने क्षतिबारे उचित जनचेतना जगाउन सबै लाग्नुपर्ने उनको धारणा छ ।

वन डढेलो नियन्त्रणका लागि जनमत निर्माण र सञ्चारमाध्यममार्फत सूचना प्रवाह सबैभन्दा उत्तम उपाय भएको भन्दै मन्त्री सापकोटाले यस कार्यमा सहयोग गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।

प्रत्येक वर्ष चैत वैशाखको सुक्खा समयमा तराई र पहाडका वनमा जनचेतनाको कमीका कारण मानव सिर्जित कारणले ठूलो क्षेेत्रमा डढेलो लाग्ने गरेको वन विभागका महानिर्देशक रेशमबहादुर डाागीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को तथ्याङ्कअनुसार सन् २०१३ देखि हालसम्म नेपालको पूर्व र पश्चिमी क्षेत्रका तराई चुरे क्षेत्रमा बढी डढेलो लागेको देखिन्छ ।

सन् २०१५ मा डढेलो लाग्ने समयमा पानी परेकाले खासै क्षति नभए पनि यस वर्ष भने लामो समयसम्म पानी नपर्दा आजका दिनसम्म करिब तीन लाख २५ हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको महानिर्देशक डाँगीले बताए ।

bush-fire-nepal

वनमा नियतबस, दुर्घटनाबस र मानव सिर्जित कारणबाट हुने डढेलो मौसमको तापक्रम, भू-वनोट र वनस्पतिमा आधारित रहेर फैलिन्छ । यस वर्षको सबैभन्दा ठूलो बर्दियामा ६० हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

वन डढेलो ९९ प्रतिशत मानवका कारणले मात्र हुने गरेको बताउँदै मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कृष्णप्रसाद आचार्यले वन डढेलो नियन्त्रण गर्न पनि मानिसलाई नै सचेत बनाउँदा सबैभन्दा बढी प्रभावकारी हुने धारणा राखे ।

प्रवक्ता आचार्यले डढेलोले सबै वनक्षेत्र विनाश नहुने भए पनि साना बिरुवा, घसि्रने तथा छिटो दौडन नसक्ने जनावर नासिने जानकारी दिए ।

विभागले डढेलो रोकथाम गर्न जनशक्ति परिचालन र उपकरणका लागि प्रत्येक जिल्लामा रु २५ लाख बजेटको आवश्यक पर्ने सुझाव दिएको छ । हाल त्यस्तो रकम रु एक लाखमात्र छ । डढेलोका सम्बन्धमा आम मानिसजस्तै सञ्चारकर्मीको पनि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको र मन्त्रालयको आगामी बजेटमा त्यस्त्ाा कार्यक्रममा समावेश गर्ने सचिव उदयचन्द्र ठाकुरले बताए ।

डढेलोका सम्बन्धमा धेरै समाचार सार्वजनिक भएको र डढेलोले ठूलो क्षति पुर्‍याएको भन्ने सन्दर्भमा सचिव ठाकुरले भने, ‘डढेलोले जैविक विविधतामा केही असर पुर्‍याए पनि वन विनाश भने हदैन ।’

डढेलोको व्यवस्थापन अत्यन्तै कठिन भएको हुँदा आगलागी ह’नै नदिने उपाय वा लागेमा तुरुन्तै नियन्त्रणमा ल्याउनु नै प्रभावकारी व्यवस्थापन हो । मन्त्रालयले वन डढेलोको उच्च जोखिम भएका वनक्षेत्र नजिक रहेका सुरक्षा निकायलाई आवश्यक तालिमसहित अग्नि नियन्त्रण उपरकरण उपलब्ध गराउने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !