१९ बैशाख २०८१, बुधबार

बैंकहरुले कर्जाको माग धान्न नसक्ने !


goverment bank

२८ पुस, काठमाण्डौ । बढ्दो कर्जाको मागले गर्दा बैंकहरुलाई धान्न गाह्रो हुने देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गत कात्तिकसम्ममा एक खर्ब २० अर्ब थप कर्जा लगानी गरेका छन् । गत असार मसान्तको तुलनामा ६ दशमलव नौ प्रतिशतको वृद्धि हो । संस्थाहरुले कात्तिकसम्ममा कुल २१ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

मौद्रिक नीतिले कुल आन्तरिक कर्जा २७ दशमलव आठ प्रतिशतसम्मले बढ्ने प्रक्षेपण गरेको छ । मौद्रिक नीतिले सात दशमलव दुई प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । र, सरकारी बजेटसँग तारतम्य मिलाउन कर्जा वृद्धिको लक्ष्य निर्धारण गरेको छ । त्यस नीतिअनुसार आन्तरिक कर्जा बढाउन कम्तिमा पाँच खर्ब ५२ अर्ब रुपैयाँ नयाँ कर्जा जारी गर्नुपर्छ । २७ प्रतिशतमध्ये बैंकहरुले निजी क्षेत्रमा कर्जा लगानी गर्न सक्ने सीमामा २० प्रतिशतको वृद्धिदर तोकिएको छ । यो भनेको तीन खर्ब ९७ अर्ब नयाँ कर्जा विस्तार हो ।

कर्जाको वृद्धिदर २७ प्रतिशतका आधारमा निक्षेप पनि लगभग सात खर्ब ९७ अर्ब रुपैयाँले वृद्धि गरेर ३१ खर्ब पुर्याभउनुपर्छ । निजी क्षेत्रमा लगानी गर्न सकिने सीमा २० प्रतिशतको आधारमा पनि बैंकहरुले लगभग ६ खर्बले निक्षेप बढाउन सक्नु पर्ने बैंकहरुको सुझाव छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !