२१ बैशाख २०८१, शुक्रबार

रौतहटमा कठाङ्ग्रिएर थप दुर्इको मृत्यु,


routahat

२३ पुस, रौतहट । जाडोको कारणले गर्दा रौतहटमा कठाङ्ग्रिएर शनिवार राति रौतहटमा थप दुईजनाको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका-२ जिगडवाका ४५ वर्षीय शेख समिम र वडा नम्वर ९ रामपुरखापका ६५ वर्षीय मरठिया देवी कुर्मीको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

शेख समिम र मरठिया दुवै आ-आफ्ना घरमा खाना खाएर सुतेको तर विहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । दुवै जनाको शव परीक्षण गर्दा जाडोले कठाङ्ग्रिएर मृत्यु भएको प्रतिवेदन प्रहरीलाई प्राप्त भएको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !