२१ बैशाख २०८१, शुक्रबार

धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग


dhankuta

१७ पुस, काठमाण्डौ। प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै बालुवाटार स्थित प्रधानमन्त्री कार्यालय नजिकै धर्ना दिइएको छ। हरेक सुविधाको हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै आज बिहान ८ः३० देखि ११ बजेसम्म धनकुटाका प्रदेश सांसद, व्यवसायीलगायतले र नागरिक अगुवाले  धर्ना दिएका हुन्।

प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे र नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इं र प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, लगाएतले धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे।

धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै,प्रदेश राजधानी बनाउ अभियानले संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !