१० जेष्ठ २०८१, बिहिबार

पहिलो चरणको निर्वाचन कुन-कुन जिल्लाहरुमा भइरहेछ


१०, मंसिर २०७४ । एतिहसिक निर्वाचन अन्तर्गत पहिलो चरणमा हुन् लागिरहेको मंसिर १० गते प्रदेश नं २ मा वाहेक सवै प्रदेशका हिमाली एवम उच्च पहाडी क्षेत्रमा बिहान ७ बजे देखिनै शान्तिपूर्ण वातावरण मा निर्वाचन भइरहेको छ, र मतदाताहरु पनि उत्साहपूर्ण रुपमा सहभागी भइरहेका छन ।

केहि स्थानहरुमा मतदान केन्द्र नजिकै बम विस्फोटका घटनाहरु पनि भएका छन, अधिकारीहरुले मतदान बिरुद्द केहि तत्व हरुले अबरोध खडा गर्न खोजेतापनि त्यसले निर्वाचनमा कुनै असर नगरेको बताएका छन ।

पहिलो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ मा वाहेक निम्न जिल्लाहरुमा निर्वाचन भइरहेको छ ।
प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र वैतडी ।

निर्वाचन अधिकृत डा. अयोधि प्रसाद यादबले निर्वाचन शान्तिपूर्ण वातावरणमा भइरहेको र सवैलाई निर्वाचनमा सहभागी हुन् आग्रह गर्नुभएको छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !