१४ बैशाख २०८१, शुक्रबार

रिचमण्ड इन्टरनेशनल कलेज उत्कृष्ठ कलेज भएकोमा खुशी छु – क्याम्पस प्रमुख सिग्देल


विष्णु सिग्देल

तनहुँ जिल्ला भिमाद नगरपालिका वार्ड न. ९ मोहोरियामा जन्मिनु भएका विष्णु सिग्देल रिचमण्ड इन्टरनेशनल कलेजको क्याम्पस प्रमुख हुनुहुन्छ । बुवा ऋषिराम सिग्देल तथा आमा हेमाकला सिग्देलका छोरा बिष्णु सिग्देलकी श्रीमती अधिबक्ता सरस्वती अर्याल तथा छोरा लाभिक सिग्देल हुनुहुन्छ । विगत १२ बर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय सिग्देल सक्रिय हुनुहुन्छ । उहाँले अंग्रेजी साहित्यमा एमफिल गरिसक्नु भएको छ भने हाल पीएचडी पनि गर्दै हुनहुन्छ । उहाँ कानुन क्षेत्रको अधिबक्ता पनि हुनुहुन्छ । २०४६ सालमा स्थापना भएको रिचमण्ड इन्टरनेशनल कलेज उत्कृष्ठ कलेजमा पर्दछ र त्यतिकै राम्रो नतिजा ल्याउन सफल भएको छ । लिंक मार्ग, सुनार गाउँ, कलंकी काठमाडौँमा अवस्थित यस कलेजमा +२ तहमा मानविकी, ब्यबस्थापन र शिक्षा संकाय छन् भने स्नातक तहमा मानविकी र ब्यबस्थापन संकायहरु उपयुक्त रुपमा अगाडी बढिरहेका छन ।

यो कलेज अरु भन्दा छुट्टै खालको रहेको छ । काठमाडौँ उपत्यकाको एकदमै शान्त वातावरण रहेको स्थानमा कलेज अवस्थित छ ।  कलेजले नै सुहाउँदो किसिमको भवनहरु बनाएको छ । यस कलेजमा बास्केटबल, लंग टेनिस, भलिबल,  ब्याटमिन्टेन जस्ता खेलहरु खेल्नको लागि खेल मैदान रहेको छ । कक्षा कोठाहरु खुल्ला तथा शान्त वातावरण रहेका छन् । रिचमण्ड इन्टरनेशनल कलेजको गुणस्तर र नतिजादेखि अभिभावक र विद्यार्थीहरु सन्तुष्ट छन् । नेपालको पछिल्लो शैक्षिक अवस्था तथा रिचमण्ड इन्टरनेशनल कलेजका भावी योजना र रणनीतिहरु के कस्ता छन् भन्ने बारेमा उक्त कलेजका क्याम्पस प्रमुख सिग्देलसगँ नेपालपत्रका समाचार सम्पादक राम मगरले गरेको कुराकानी ।

१. सर तपाई केहि बर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । आफ्नो बारेमा केहि भन्दिनु न ?

मैले काठमाडौँ उपत्यका विभिन्न कलेजहरुमा अध्यापन गराएको लगभग १२ वर्ष भयो । त्यसपछि हामीले केहि गर्नुपर्छ भन्ने उद्धेश्यका साथ मिलेर कलेज संचालन गर्न शुरु गरियो । जुन हाम्रो टिमले उत्कृष्टताका साथ यस रिच्माण्ड इन्टरनेशनल कलेज अगाडि बढिरहेको स्थिति छ । यो कलेज देशहरुको उत्कृष्ट कलेजमा पर्छ र त्यतिकै राम्रो नतिजा ल्याउन सफल भएको छ । यसमा म खुशी छु ।

२. अव रिचमण्ड इन्टरनेशनल कलेजका बारेमा कुरा गरौ । यसको स्थापना कहिले भएको हो ? अहिलेसम्म यस कलेजमा कुन-कुन संकायमा कतिसम्मको पढाई हुन्छ ?

रिचमण्ड इन्टरनेशनल कलेज २०४६ सालदेखि शुरुवात गरेको कलेज हो । यो कलेजमा मानविकी, ब्यबस्थापन र शिक्षा संकाय +2 तहमा छन् भने स्नातक तहमा मानविकी र ब्यबस्थापन संकाय रहेको छ । जुन संकायहरु उपयुक्त रुपमा अगाडी बढिरहेका छन ।

३. रिचमण्ड इन्टरनेशनल कलेज अन्य धेरै कलेजहरु भन्दा के कुराले पृथक छ ?

अन्य कलेजमा भन्दा हाम्रो पृथक छ किनभने हाम्रोमा पढाउने शिक्षक, शिक्षिकाहरु अत्यन्त अनुभुवी र शैक्षिक क्षेत्रमा लामो अनुभव भएका हुनुहुन्छ । उहाँहरुवाट पाउने जुन सन्तुष्टि राम्रो छ । कम्प्युटर कक्षाहरु संचालन, पत्रकारिता, ट्राभल टुरिजम, होटल म्यानेजमेन्ट लगायत सम्पूर्ण संकायहरु सम्बन्धि अध्ययन हुने गरेको छ । तसर्थ पनि बजारमा भएका कलेजहरु भन्दा हाम्रो कलेज पृथक र उत्कृष्ट रहेको छ ।

४. रिचमण्ड इन्टरनेशनल कलेजमा पढाई हुने बिभिन्न कोर्समा त्रिभुवन विश्वविद्यालयसँग कुन कुन विषयमा सम्बन्धन लिएको छ ? 

हामीले मानविकी र व्यवस्थापन विषयको सम्बन्धन लिएका छौं । त्यसमा मानविकीमा समाजशास्त्र, पत्रकारिता जस्ता विषयहरु हामीसँग रहेको छ ।

५. रिचमण्ड इन्टरनेशनल कलेजमा विद्यार्थीहरु अध्ययन गर्न किन आउने ?

यो कलेज अरु भन्दा छुट्टै खालको रहेको छ । एकदमै राम्रो क्षेत्रमा रहेको छ । काठमाडौँ उपत्यकाको एकदमै शान्त वातावरण रहेको स्थानमा हाम्रो कलेज अवस्थित छ । हामीले कलेजले नै सुहाउँदो किसिमको भवनहरु बनाएका छौं । उक्त भवनमा हामी विद्यार्थीहरुलाई पढाउछौं । उपयुक्त, शान्त ठुलो चौर, बास्केटबल खेल्ने मैदान छ । त्यस्तै गरी लंग टेनिस खेल्ने मैदान छ । भलिबल खेल्ने ठाउँ मैदान छन् । कक्षा कोठाहरु उपयुक्त छन् ।

६. रिचमण्ड इन्टरनेशनल कलेजले आजको आवश्यकता अनुसारको गुणस्तरीय शिक्षा दिई रहेको छ ?

आजको आवश्यकता अनुसार भन्दा पनि नेपाल सरकारले बनाएको कोर्ष अनुसार योग्य शिक्षक, शिक्षिकाहरु, विषयविज्ञहरु छन् । उहाँहरुले पढाएको पठन-पाठनमा कुनै खालको कम्प्लेन आएको छैन । अभिभावकहरु र विद्यार्थीहरु सन्तुष्ट छन् ।

रिचमण्ड इन्टरनेशनल कलेज

७. रिचमण्ड इन्टरनेशनल कलेजले तत्काल कुन-कुन विषयमा नयाँ भर्ना लिदैछ ?

अहिले यस कलेजमा स्नातक तहको कक्षा संचालन भई रहेको छ तथा +२ को कोर्ष र प्रिबोर्ड परिक्षाहरु  पनि सकी सकेको छ भने राष्ट्रिय परिक्षा बोर्डले लिने कक्षा १२ को अन्तिम परीक्षा आगामी बैशाख १५ गतेदेखि तथा कक्षा ११ को बैशाख २९ गतेदेखि संचालन हुनेवाला छ । यसका लागि बिद्यार्थीहरु तयारी गरिरहेका छन् । साथै हामीले एसइइको नतिजा पश्चात कक्षा ११ मा मानविकी, व्यवस्थापन र शिक्षा संकायको नँया भर्ना लिनेछौं । विज्ञानको पनि हामीले अगाडी बढाउने योजना बनाएका छौं ।

८. नेपालको पछिल्लो शैक्षिक अवस्थालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

नेपालको पछिल्लो समयको शिक्षा उपयुक्त नै छ जस्तो लाग्छ तर नेपालवाट जुन अध्ययनको लागि विदेश जाने गर्दछन् त्यो पाटोवाट म त्यति सन्तुष्टि छैन । नेपालमा पढेर नेपालमै सेवा गर्न उपयुक्त हुन्छ । अर्को कुरा नेपालको शिक्षाले उपयुक्त जनशक्ति उत्पादन गर्न सकिएन कि भन्ने अर्को पाटोवाट पनि सोच्नुपर्छ । विभिन्न खाडी मुलुकहरुमा नेपालीहरु रोजगारीको लागि विदेश जानुहुन्छ । त्यो पाटोवाट देशले युवाशक्ति गुमाउन थालेको होकी भन्ने भान भइरहेको छ । त्यसैले नेपालको शिक्षा केहि परिमार्जन गर्नपर्ने होकी जस्तो लाग्छ ।

९. शैक्षिक क्षेत्रमा निजी कलेजले पुर्याएको योगदानलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

शैक्षिक क्षेत्रमा निजी कलेजहरुले अत्यन्तै योगदान पुर्याएको स्थिति छ । नेपाल सरकारको मातहतमा रहेका सामुदायिक तथा सरकारी कलेजहरु आफ्नो ठाउँमा छन् । तर निजी क्षेत्रवाट संचालन हुने कलेजवाट उत्पादित विद्यार्थीहरु नै देशको उपयुक्त स्थान ओगट्न सफल भएका छन् ।

१०. तपाईको विचारमा निजी कलेजको योगदानलाई राज्यले संम्बोधन गर्न सकेको छ त ?

केहि हदसम्म गरेको छ । निजी कलेजले पनि सरकारले भनेका प्रावधान सबै पुरा गरेर नै कलेजहरु संचालन गरेका छन् । कुनै किसिमको समस्या छन् भने ती सरकार र निजी क्षेत्र मिलेर त्यसको समाधान गर्नपर्ने हुन्छ । सरकारले जुन किसिमवाट कार्यक्रम सारेका छन् त्यस कार्यलाई निजी कलेजले सहयोग गर्दै अगाडी बढ्नुपर्छ ।

११. निजी कलेजले घोकन्ते शिक्षा मात्र प्रदान गर्छन भन्ने आरोपप्रति यहाँको धारणा के छ ?

जब राम्रोसँग शिक्षा दिन सक्दैन त्यसपछि एउटा न एउटा कुरामा आरोप लगाउने गर्दछन् । तसर्थ त्यो लगाएको आरोप मात्र हो । आज यो निजी क्षेत्र थिएन भने शैक्षिक क्षेत्र यति धेरै बढ्दैनथ्यो जस्तो लाग्छ । राज्यको उपयुक्त स्थानहरु र बिदेशमा पनि उपयुक्त स्थानहरु ओगटेको देखिन्छ ।

१२. निजी कलेजबाट उत्पादित जनशक्ती विदेश पलायनमा लालयित देखिन्छ । कतै विदेशका लागि जनशक्ती उत्पादन गर्ने कारखाना मात्रै त बन्दै छैन निजी कलेज ?

होइन यो गलत कुरा हो । युवाहरु विदेशिएका छन् त्यो पाटोमा म सहमति छु तर तपाईको प्रश्नको तात्पर्य त्यो होइन कि निजी क्षेत्रवाट उत्पादित विद्यार्थीहरुको अंक बढी आउछ, राम्रो ग्रेड ल्याएका हुन्छन त्यहि ग्रेडको आधारमा युरोप र अमेरिकाका विभिन्न देशहरुमा नेपालका विद्यार्थीहरु गएका छन् । उनीहरु त्यो ठाउँमा गएका छन् तर फर्केर पनि आएका छन् । जुन विदेशिने कारखाना भन्ने आरोप छ त्यो होइन । जुन विद्यार्थी विदेश गएका छन् त्यहाँ गएर राम्रो काम सिकी त्यो सिपलाई नेपालमा आएर उक्त सीप नँया युवाहरुलाई सिकाउनुपर्छ ।

रिचमण्ड इन्टरनेशनल कलेज

१३. पछिल्लो समय निजी कलेजको अत्याधिक शुल्क वृद्धिका कारण अभिभावकहरु मारमा परेको गुनासो छ यसमा यहाँको धारणा के छ ?

यसमा सरकारले मापदण्ड बनाउनुपर्छ । म यस कुरामा सहमत छु । निजी कलेजहरुको जग्गा तथा भवनको भाडा कसरी तिरिरहेका छन्, शिक्षक, शिक्षिकाहरुलाई तलव कसरी दिई रहेका छन् त्यो सबै सरकारले बुझ्नुपर्छ । विभिन्न खालका सेवा-सुविधाहरु हुन्छन् त्यो तिर्नेपर्छ शैक्षिक क्षेत्रले शुल्कको एउटा निश्चित मापदण्ड अनुरुप संरचना बनाउनुपर्छ ।

१४. के निजी कलेजले शुल्क लिए अनुसार शिक्षकलाई सेवा सुविधा उपलब्ध गराएको छ त ?

नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सेवा सुविधा उपलव्ध गर्नेपर्छ तर कतिपय कलेजहरुमा विद्यार्थीको संख्या हेरी सबै खर्च निकाल्दा त्यो कलेज प्रशासन राम्रोसँग चलेको स्थिति पनि हुँदैन । यो अवस्थामा हाम्रो कलेजको सुविधा यो छ यतिमा तपाई पढाउनलाई तयार हुनुहुन्छ कि छैन छ भने त्यहि अनुसार गरेको कतिपय कलेजमा देखिन्छ । जुन खालको शिक्षकहरुको सेवा सुविधाहरु छन् त्यो उपलव्ध गराउनुपर्छ ।

१५. सरकार, शिक्षाविद् लगायत शिक्षा सरोकारवालाहरुले सामुदायिक कलेजलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रमहरु अगि बढाइरहेको अवस्था छ । यसले निजी कलेज संचालनमा के कस्तो प्रभाव पार्दछ ?

शिक्षाविद लगायत सबैको सुझाव सामुदायिक विद्यालयलाई अगाडी बढाउन दिएको सुझावहरु राम्रो छ । यसलाई मैले विरोध गर्न मिल्दैन किनभने नेपाल सरकारले शिक्षा र स्वास्थ्यसँग सम्बन्धित सबै लिन सक्नुपर्छ । हाम्रो जस्तो निजी कलेजलाई व्यवस्थित गर्न सक्नुपर्छ । हाम्रो लगानीको प्रत्याभूति गरिदिनुपर्छ त्यसपछि नेपाल सरकारले निजी क्षेत्रलाई कसरी लाने भन्ने त्यो नीतिमा भर पर्छ ।

१६. निजी र सार्वजनिक कलेजबीच सहकार्य गर्दै एकअर्काको परिपूरक बनाउन सरकारलाई के सुझाव दिनुहुन्छ ?

निजी र सामुदायिक वीचमा शिक्षकहरु पनि साट्न सक्छौं । कहिलेकहिँ भिजिटिङ प्रोफेसरहरुको पनि व्यवस्था गर्न सक्छौं र सामुदायिक विद्यालयमा भएका कार्यक्रमहरु निजी कलेजमा पनि साट्न सकिन्छ । सामुदायिक कलेजलाई दिएका सुविधाहरु निजी कलेजलाई पनि दिनुपर्छ । त्यसरी नै एकअर्कामा परिपुरक हिसावले अगाडी बढ्नुपर्छ ।

१७. रिचमण्ड इन्टरनेशनल कलेजका भावी योजना र रणनीतिहरु के कस्ता रहेका छन् ?

यो कलेज एउटा सेवामुलक निजी संस्था हो । हामीले यस कलेजलाई भविष्यमा गएर सामुदायिक कजेजमा परिवर्तन गर्ने सोच बनाएका छौ  । समाज र हाम्रो वीचमा एक खालको समन्यात्मक भूमिका रहेको छ । समुदायका सबै अभिभावकलाई पनि साथै लिएर हिड्ने र विभिन्न किसिमको कार्यक्रमहरु ल्याउने योजनाहरु छन् । अन्य नँया खालका कार्यक्रमहरु पनि थप्ने योजना बनाएका छौं । नेपाल सरकार तथा  त्रिभुवन विश्वविद्यालयसँग समन्वय गर्दै अगाडी बढ्नेछौं ।

१८. नेपालपत्र मार्फत आम पाठकलाई के सन्देश दिनुहुन्छ ?

म यस कजेलको प्रमुखको नाताले शैशिक क्षेत्रमा लाग्नुभएका मानुभवहरुलाई उपयुक्त किसिमले माया गरिदिनुहोस् । आफ्नो बालबच्चाहरुलाई राम्रोसँग हेरचाह गर्दिनुहोस् । कलेजमा होमवर्क नगर्ने, कलेज नगएपनि हुने, एउटा कापी च्यापेर कलेज जाने खालको मान्यता छ । यो सबै गल्ति छ । किताब कापीका साथ घरमा आफ्नो परिवारले पनि निगरानी गर्नुपर्छ । कलेजमा पनि शिक्षकहरुले निगरानी गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु