एजेन्सी, ब्राजिलको रियो डी जेनेरियो अस्पतालमा एक घटना घटेको छ। उक्त घटना १३ फरवरीमा महिलाले शिशुलाई जन्म दिएपछि नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो ।