७ पुस २०८१, आइतबार

थाहा पाउनुहोस्, यी ५ सपना झुक्किएर पनि अरुलाई सुनाउन हुँदैन


dreams

एजेन्सी, हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ । प्राय: मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन् । त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन ।

तर ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ । प्राय: मान्छेहरु रातको समयमा देखेको सपना विहान उठ्नासाथ आफ्ना परिवारका अन्य सदस्यलाई सुनाउने गर्छन् ।

यदि आफूले देखेका केही अचम्मलाग्दा सपनाहरु निन्द्राबाट बिउँझिने बितिकै अरुलाई सुनाउने गर्दा तपाईलाई त्यस सपनाको फल प्राप्त नहुने साथै यसले तपाईको जीवनमा पर्ने प्रभाव घट्दै जान्छ ।

यी ५ वटा सपना तपाईले अन्य व्यक्तिहरुलाई सुनाउनु भएमा तपाईको जीवनमा यसबाट हुने प्रभाव कम हुँदै जाने गर्छ ।

१. यदि तपाईले निन्द्राको समयमा आफैलाई मृत अवस्थामा देख्नुभएमा धेरै डर लाग्न सक्ने भएपनि अन्यन्त शुभ हुने गर्छ। यो सपनाको अर्थ तपाईका जीवनमा आइपरेका हरेक समस्याहरुको अन्त्य हुँदै जानेछन् ।

२. यदि सपनामा तपाईको घर वरिपरि वा नजिक कतै सुन्दर बगैंचा साथै कुनै रुखमा फल लागेको देख्नु धेरै शुभ मान्ने मान्ने गरिन्छ । यो सपनाको अर्थ तपाईले जीवनमा चाहे जति खुशी प्राप्त गर्न सक्नुहुन्छ र आउने दिनहरुमा आर्थिक रुपले सम्पन्न हुने योग रहने छ ।

३. माछालाई देवताको प्रतिक समेत मान्ने गरिन्छ । यदि सपनामा सानो माछा पकाएको वा खाएको देख्नुभएमा यसको मतलब तपाईलाई आकस्मिक धन लाभ हुनुको साथै सुख प्राप्ति हुने गर्छ ।

४. सपनामा साँप देख्दा जो कोहि डराउने गर्छन वा घृणा गर्न सक्छन तर यसरी सुतेको समयमा साँप देख्नु अन्यन्तै शुभ मान्ने गरिन्छ । यदि तपाईलाई साँपले लखेटेको ,घेरेको वा टोकेको देख्नु भएमा यो जान्नुहोस् कि तपाईको जीवनमा ठूलो मान(सम्मान,धन प्राप्त गर्नुका साथै तपाईका हरेक कदम प्रगति उन्मुख हुनेछन् ।

५. तपाईले सपनामा बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नु भएमा धेरै शुभ हुने गर्छ । यसरी सपनामा बलिरहेको दियो देख्नु भएमा तपाईको जीवनमा नयाँ(नयाँ अवसरहरु प्राप्त हुँदै जानेछन र यसको साथमा कुनै देव देवता प्रकट भएको देख्नुभएमा तपाईको जीवनमा ठूलो सफलता मिल्नुको साथै सधैंब खुशीयाली छाउन सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !