७ बैशाख २०८१, शुक्रबार

यस्तो पनि हुँदो रहेछ, सेक्स गुरु, जसले घरमै आएर यौनक्रिडा गर्ने तालीम दिन्छन्


sexual

तपाइँले पाककला, सिलाइ बुनाई लगायतका विभिन्न सीप सिकाउने तालीमका बारेमा सुन्नुभएकै छ । घरमै आएर पढाउने होम ट्युसनका बारेमा पनि जान्नुभएकै छ । तर के घरमै आएर यौनक्रिडा गर्न सिकाउने तालीम पनि हुन्छ भन्ने कुरा थाहा पाउनुभएको छ ? सायद छैन होला । तर केन्नेथ प्ले नामका एक पुरुषले घरमै आएर सेक्स गर्न सिकाउँछन् ।

केन्नेथ आफ्ना ग्राहकको घरमा आउँछन्, ग्राहकका लोग्ने स्वास्नीले सेक्स गरेको हेर्छन् अनि कसरी राम्रो तरिकाले आनन्ददायी यौनक्रिडा गर्ने भनेर टेक्निक सिकाउँछन् । पार्टनरहरु सेक्स गरिरहँदा उनले विभिन्न यौन आसन, पाकक्रिडाका विधि आदिका बारेमा बताउँछन् जसका कारण लोग्ने स्वास्नीले यौनमा भरपूर आनन्द उठाउन सकून् । यसरी घरमै आएर सेक्सको तालीम दिने केन्नेथले अमेरिकाको न्यूयोर्कमा यस्तो सेवा संचालन गर्दै आएका छन् ।

विगतमा व्यायाम प्रशिक्षक रहेका केन्नेथ ३ वर्षअघि बाट सेक्स गुरु बनेका हुन् ।‘मैले दिने तालीम मार्था स्टेवार्टले दिने पाक कलाको तालीम हेरे भन्दा फरक छैन । मैले उदाहरण सहित तालीम सुरु गर्दछु र त्यो सबै प्रक्रिया समझदारीमा हुन्छ’, उनी भन्छन् ।

तिन वर्षअघि शिकागोमा एक सेक्स पार्टीमा एक महिलासँग भेट भएर सहवास गरेसँगै उनी यो नयाँ पेशातर्फ लागेका हुन् । उनले त्यसपछि थुप्रै सेक्स पार्टीमा भाग लिए र धेरै महिलासँग सहवास गर्दै तथा अन्य मानिसहरुका सहवासका तरिका हेर्दै राम्रा राम्रा सहवासका तरिका सिके ।

उनले एक जोडीलाई प्रदान गर्ने सेक्स तालीमको एउटा सत्र ३ देखि ४ घण्टासम्मको हुन्छ । सुरुमा उनले दम्पतिका निजी तथा यौनिक विषयका कुराकानीबाट तालीम सुरु गर्दछन् । त्यसपछि उनी दम्पतिसँगै यौनक्रिडा गर्ने कोठामा प्रवेश गर्दछन् । दम्पतिले विभिन्न आसनमा सहवास गर्दछन् र जेन्नेथले सो क्रममा सेक्सका अनेक विधिका बारेमा सिकाउँछन् ।

के यसरी सिकाइरहँदा जेन्नेथले कतै ग्राहकसँग पनि सेक्स गर्दछन् त ? अँह, उनले महिला ग्राहकलाई यस्तो केही गर्दैनन् । व्यवहारिक रुपमा सेक्स सिकाउन जेन्नेथले कहिलेकाहीँ आफै आफ्नो महिला पार्टनरलाई तालीम कक्षामा लैजान्छन् भने कहिलेकाहीँ सेक्स डलसँग आफुले सेक्स गरेर ग्राहकलाई सिकाउँदछन् । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !