२२ भाद्र २०८१, शनिबार

निन्द्रामा देखिने सपनाको यस्तो छ भविष्यको संकेत


dreams

निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् ।  सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ भन्ने विश्वास छ  । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ । यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ ।

अनार खाएको देखेमा – धन र सन्तानको प्राप्ति,      अलि अलि बादल देखे – रोगबाट लाभ,

ऊँट देखेमा – अपार धन प्राप्ति हुनु,                         आकाश देखेमा – ऐश्वर्य वृध्दि, सन्तान हुनु,

आगो उठाएको देखेमा – अवैध धन प्राप्ति,              आगो बालेर समातेमा – कष्ट हुनु, व्यर्थ व्यय हुनु,

ओढ्ने कम्बल देखेमा – बदनाम हुनु,                    औंठी लगाएको देखेमा – धनलाभ र प्रशन्नता,

कपाल देखेमा – धनलाभ हुनु,                               कपास देखेमा – रोगबाट मुक्त हुनु,

कपाल काटेको देखेमा – ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु,    किला ठोकेको देखेमा -बुढो मान्छेबाट लाभ,

कोईला देखेमा – व्यर्थमा झगडा हुनु,                      कुवामा नुहाएको देखेमा – सन्यासी बन्नु,

कुवाको पानी देखेमा – विविध लाभ र बिजय,        कैची देखेमा – झगडा र विवाद बढ्नु,

घर बनाएको देखेमा – प्रसिद्धि प्राप्त गर्नु,               घाम लागेको देखेमा – पदोन्नति वा लाभ हुनु,

घाँसको मैदान देखेमा – धेरै धन एकत्र गर्नु,          घोडा देखेमा – संकट नाश हुनु,

घोडा चढेको देखेमा– ठूलो पद पाउनु,                     चश्मा लगाएको देखेमा – विध्दता बढ्नु,

जंगल देखेमा – दु:ख नाश र बिजय,                      जहाज देखेमा – परिशानी हट्नु र व्यय,

चाँदि देखेमा वा पाएमा -धन र अहंकार बृध्दि,        झरना देखेमा – दु:ख दुर हुनु,

टोपी देखेमा – दु:ख नाश भएर, उन्नति हुनु,           ठूलो पर्खाल देखेमा– सम्मान बढ्नु,

डोरी देखेमा – यात्रामा कठिनायी र झन्झट हुनु,       ढोका देखेमा – ठूलाबडासँग मित्रता हुनु,

ढोका बन्द देखेमा– परेशानी र चिन्ता हुनु,                दलदल देखेमा – सन्तान प्राप्ति हुनु,

दाँत भाँचिएको देखेमा – दु:ख र झन्झट हुनु,           दाँत माझेको देखेमा – पापको प्रायश्चित हुनु,

धनुष तानेको देखेमा – लाभप्रद यात्रा हुनु ,              पर्वत चढेको देखेमा – पदोन्नति वा प्रसिध्द हुनु,

पत्र पढेको देखेमा – शुभ समाचार, परिश्रम,           प्रकाश देखेमा – उच्चकोटीको साधु बन्ने,

पानी पिएको देखेमा – राज्यबाट लाभ,                    फलाम देखेमा – कुनै धनवानद्वारा लाभ,

बजार देखेमा – दरिद्रताको नाश हुनु,                      बलेको दियो देखेमा – आयु बृध्दि हुनु,

बहर वा गाई देखेमा – मोटो लाभ, दुब्लो दु:ख,         बादल देखेमा – विरक्ती र परिशानी बढ्नु,

बिरालो देखेमा– चोरी हुनु, शत्रु बढ्नु,                        भर्याङ देखेमा – सुखसम्पत्ति बढ्नु,

भूकम्प देखेमा – सन्तानलाई कष्ट र दु:ख,               मरेको मान्छेसँग कुरा गरेमा – मनोकांक्षा पूरा हुनु,

मरेको मान्छेले बोलाएमा – विपत्ति आउनु,              मुर्दा देखेमा – रोगबाट मुक्ति पाउनु,

रत्न या मणि देखेमा – दु:ख बढ्नु, अपव्यय हुनु,     रातो फूल देखेमा – पुत्रबाट सुख र भाग्योदय,

रोटी खाएको देखेमा – पदोन्नति र घन बढ्नु,           लठ्ठी देखेमा – ठूलो नाम हुनु,

वर्षा देखेमा – सुख र प्रशन्नता प्राप्त हुनु,                    सुगन्ध लगाएको देखेमा – विद्वान र पण्डित हुनु,

सुपारी खाएको देखेमा– रोगबाट मुक्ति पाउनु,              सुराही देखेमा – आवारासँग संगत हुनु,

सेतो पूल देखेमा – दु:खबाट छुट्कारा पाउनु,               सिंहासन देखेमा – धेरै सुख पाउनु,

हरियो बगैचा देखेमा – पदोन्नति र लाभ हुनु,              ओच्छयान लगाएको देखेमा – दीर्घायु र सुख वृध्दि ।

यो पनि पढ्नुहोस् :

नाकको एउटा प्वालले ट्युबमा हावा भरेर विश्व रेकर्ड कायम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !