२४ बैशाख २०८१, सोमबार

डीभीको सन् २०२२ को नतिजा सार्वजनिक, तपाईलाई पर्यो की यसरी हेर्नुहोस्


डीभीको सन् २०२२ को नतिजा

काठमाडौँ । नेपालका राजनीतिक नेताहरुको व्यक्तिगत स्वार्थ र सत्तामोहले निम्त्याएको राजनीतिक अस्थिरताको कारणले आफ्नो मातृभूमि नेपालमा भविष्यको आश नदेखेर धेरै नेपालीको सपनाको देश अमेरिकाको सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार हिजो वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिने बताएको छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।

हिजो नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमा पोष्ट गर्दै डीभी परेर छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताएको छ । याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन् ।

यो लिंकमा क्लिक गरेर आफ्नो नतिजा हेर्नुहोस्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !