काठमाडौँ । नेपालका राजनीतिक नेताहरुको व्यक्तिगत स्वार्थ र सत्तामोहले निम्त्याएको राजनीतिक अस्थिरताको कारणले आफ्नो मातृभूमि नेपालमा भविष्यको आश नदेखेर धेरै नेपालीको सपनाको देश अमेरिकाको सन् २०२२ का लागि भरिएको डीभीको नतिजा सार्वजनिक भएको छ ।
नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार हिजो वैशाख २५ गते राति ९ः४५ बजेबाट आवेदनको नतिजा निःशुल्क हेर्न सकिने बताएको छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर प्रयोग गर्नुपर्नेछ ।
आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ का लागि तपाईंले दिनुभएको आवेदनको नतिजा https://t.co/fKzs0pT00j मा गएर निशुल्क हेर्न सकिनेछ, र नतिजा हेर्न आवेदन दिंदा तपाईंलाई उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ। pic.twitter.com/1SrxeSX2fI
— U.S. Embassy Nepal (@USEmbassyNepal) May 8, 2021
हिजो नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमा पोष्ट गर्दै डीभी परेर छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताएको छ । याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन् ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध छ। याद गर्नुहोला, दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले तपाईंलाई डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन्। #DV2022
— U.S. Embassy Nepal (@USEmbassyNepal) May 8, 2021
यो लिंकमा क्लिक गरेर आफ्नो नतिजा हेर्नुहोस्