१३ बैशाख २०८१, बिहिबार

भागरथीको उनकै विद्यालयका दिनेश भट्टद्वारा बलात्कार र हत्या गरेको स्वीकार

भागरथीको बलात्कारपछि हत्या गर्ने दिनेश भट्टलाई भोलि सार्वजनिक गर्ने


भागरथी हत्या प्रकरणमा सार्वजनिक पदमा रहेका एक शंकास्पद व्यक्ति पक्राउ

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार दिनेश भट्ट नाम गरेका ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।

सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी यहि विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन ।

उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।

तर उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले भोलि भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ ।

भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शनिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडी समेत पुर्याएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !