१४ बैशाख २०८१, शुक्रबार

धादिङको त्रिपुरासुन्दरीमा पहिरो : एकै परिवारका ३ जनाको मृत्यु


पहिरो

धादिङ, साउन ६। धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-६ गुल्जुङमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बिहान साढे ४ बजे घर माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारको ३ जनाको मृत्यु भएको हो ।

अविरल वर्षापछि सोमबार राति आएको पहिरोले घर पुर्दा २८ वर्षीय मिलन खाण, उनकी २६ वर्षीया श्रीमती सम्झना खाण र २ वर्षीया अन्जिता खाणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ । आइतबारदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । विभिन्न ठाउँमा आएको पहिरो र बाढीले पृथ्वी राजमार्ग अन्य सडक क्षतविक्षत भएकाले उद्धार र राहत कार्यमा समस्या भएको प्रहरीले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !