२२ बैशाख २०८१, शनिबार

दार्चुलामा पहिरोमा पुरिएर आमा छोरी बेपत्ता


दार्चुलामा पहिरो

दार्चुला, साउन ५ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो जाँदा पुरिएर आमा छोरीको मृत्यु बेपत्ता भएका छन् । स्थानीय महिला ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएका हुन् ।

गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका हुन् । पहिरोले परिगाउँमा मात्रै विद्यालय भवन, २८ वटा बाख्रासहित बाख्रा फर्म, ३ वटा पानी घट्ट समेत बगाएको छ । स्थानीयबासीका अनुसार तीन वटा घर पूर्ण रुपमा क्षती हुनुका साथै खेतबारी समेत बगाएको छ ।

पारिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिका-१, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाड क्स स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीसमेत खटिएको छ ।

अहिले घटनास्थलमा उद्धारका लागि स्थानीयवासीसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली समेत खटिएको छ । थप विवरण आउन बाँकी छ । आइतबारदेखि देशभरको मौसम परिवर्तन भई वर्षा भइरहेकाले थप क्षति हुन सक्ने भन्दै सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !