२५ बैशाख २०८१, मंगलबार

धरानमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु


धरानमा आगलागी

धरान, जेठ २२। सुनसरी जिल्लाको धरान बजारमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु भएको छ । धरान-१५ को स्विमिङ पुल नजिकै रहेको नरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा छोरी ५८ वर्षीया सीता श्रेष्ठ र उनकी आमा ८७ वर्षीया धनमाया श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका इन्चार्ज डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

बिहान ८:१५ बजे शुरु भएको आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ९:४० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय धरानमा कार्यरत इन्स्पेक्टर हेमराज ओलीले नेपालपत्रलाई जानकारी दिए । उनका अनुसार मृतक छोरी चाही सुस्त मनस्थितिकी भएको र छोरीलाई बचाउन जाँदा आमाको जलेर मृत्यु भएको हो ।

सो आगलागीमा परेर इलाका प्रहरी कार्यालय धरानका १ जना प्रहरी र १ जना स्थानीय पनि सामान्य घाइते भएका छन् । प्राप्त जानकारी अनुसार सिलिन्डर पड्केर आगलागी भएको भनिएपनि आगलागीको मुख्य कारण खुल्न नसकेको बताइएकाे छ । घटनाको मुजुल्का बनाई मृतकहरुलाई पोष्टमार्टमको लागि लाने तयार भईरहेको इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

बर्षा याम शुरु भएसंगै आगलागीका घटना बढीरहेको हुँदा सबैले सचेत भई छिटो आगलागी हुने चिज बस्तुहरुमा बिशेष ध्यान दिनु हुन समेत आम नागरीकहरुमा हार्दिक अनुरोध गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !