२० बैशाख २०८१, बिहिबार

सुनसरीमा आगलागी हुँदा २ घर जलेर नष्ट, २२ लाख भन्दा बढीको क्षति


आगलागी

सुनसरी, असार २४ । सुनसरीको धरान उप-महानगरपालिका-१४ बिजयपुरमा आज बिहान पौने १० बजे आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । स्थानीय बिष्णु राईको घरबाट ग्यास लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट हुँदा अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको हो ।

आगलागीबाट दुबै घरमा रहेको खाद्यान्न, लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट भएको तथा उक्त आगलागी धरान उप-महानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !