१४ बैशाख २०८१, शुक्रबार

करेन्ट लागेर गम्भीर घाइते


करेन्ट

डोटी । यहाँका एक बालक करेन्ट लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार सदरमुकाम सिलगढी बस्ने १२ वर्षीय पवन विश्वकर्मा घाइते भएका हुन् । बाटो नजीक लत्रेको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । करेन्टले उनको शरीरभरि घाउ भएको र गम्भीरावस्था रहेको उनकी दिदी अस्मिताले जानकारी दिनुभयो ।

बाटामा विद्युत् तार खसे पनि नहटाउने तथा लापरवाही गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न पीडित पक्षले माग गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !