२२ बैशाख २०८१, शनिबार

बाजुराको क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु


मृत्यु-निधन

बाजुरा, जेठ २४ । बाजुरा जिल्लाको क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए । खप्तड छेडेदह गाउँपालिका-७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषको आज शनिबार बिहान ८:३० मा मृत्यु भएको नेपालपत्रलाई बताए ।

उनी १५ जेठमा भारतबाट आई १६ गतेदेखि सो विद्यालयको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा राख्दादेखि नै उनको स्वास्थ्य अवस्था ठीक थिएन । मृतक पुरुष दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएको थियो ।

मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यको टोली गाउँपालिका तर्फ आइरहेको छ । उनको स्वाब परीक्षण कहाँ गर्ने भन्ने अहिले अन्यौल छ । उनले स्वाब परीक्षण पछि वा अघि शव व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरू घटनास्थलमा पुगेपछि निर्णय लिइने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !