१९ बैशाख २०८१, बुधबार

महोत्तरीमा थप २ जनाको रहस्यमय मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो ६


मृत्यु

१९ वैशाख, जलेश्वर । गएको मङ्गलबार र बुधबार गरी ४ जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप २ जनाको मृत्यु भएसंगै अहिलेसम्म ६ जना मृत्यु भएको छ ।

मङ्गलबार र बुधबार एकपछि अर्को गरी ४ जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताएका छन् ।

रहस्यमय तरिकाले ६ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारु लगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् । सिकिस्त २ जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !