२५ बैशाख २०८१, मंगलबार

मृग मृतावस्थामा फेला


मृग मृतावस्थामा फेला

गुल्मी, १४ वैशाख । यहाँ आज जङ्गली जनावर मृग मृतावस्थामा फेला परेको छ । गुल्मी दरबार गाउँपालिका ३ गौंँडाकोट नजीकै पीपलनेटामा भाले प्रजातिको एउटा मृग नालीमा मृतवस्थामा फेला परेको हो ।

स्थानीय व्यक्तिले बिहान ट्यांकीमा पानी खोल्न जाँदा मरेको अवस्थामा नालीमा मृग अड्किएको देखेपछि गाउँपालिकामा खबर गरेका थिए । गाउँपालिकाले डिभिजन वन कार्यालय गुल्मीमा मृग मरेको जानकारी गराएको थियो ।

सो सूचनापछि कार्यालयका सहायक वन अधिकृत मुना शर्माको नेतृत्वमा गएको टोलीले तम्घासमा ल्याई प्रहरीको रोहवरमा मुचुल्का उठाई खाल्डो खनेर कार्यालय परिसरमा गाडिएको डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाले बताउनुभयो ।

पछिल्लो समय लकडाउनका कारण जंगल तथा सडकमा मानिसको चहलपहल नभएपछि जिल्लामा जंगली जनावर तथा वन्यजन्तु आहाराको खोजी गर्दै बस्तीतिर झर्न थालेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !