४ जेष्ठ २०८१, शुक्रबार

मुख्यमन्त्री योगी आफ्ना पिताको अन्त्येष्टिमा अनुपस्थित हुने


लखनउ, ८ वैशाख। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफ्नै पिताको अन्त्यष्टिमा पनि अनुपस्थित हुनुहुने भएको छ ।

कठोर धार्मिक स्वभावका आदित्य आफ्नै पिताको अन्त्येष्टिमा पनि सहभागी नहुनुलाई अनौठो र अस्वभाविक घटनाको रुपमा लिइएको छ ।

लकडाउनको कार्यान्वयन र कोरोनाभाइरस विरुद्धको लडाईंका कारण आफु पिताको अन्त्येष्टिमा सहभागी हुन नसक्ने उहाँले बताउनुभएको छ । उहाँको अन्त्येष्टि मङ्गलबार गरिने कार्यक्रम रहेको छ ।

मुख्यमन्त्री योगीका पिता आनन्द सिंह विष्टको सोमबार नयाँ दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

उत्तर प्रदेशका अतिरिक्त मुख्यसचिव आश्विन कुमार अवस्थीले मुख्यमन्त्री योगीका पिता विष्टको स्थानीय समय अनुसार विहान १०.४४ बजे निधन भएको जानकारी दिनुभएको छ ।

उहाँको अन्त्येष्टिमा मलामीहरुको सङ्ख्या पनि न्युन गराउन जोड दिएको पनि मुख्यसचिव अवस्थीले बताउनुभयो ।

त्यसैगरी उत्तर प्रदेशका गभर्नर आनन्दीबेन पटेलले मुख्यमन्त्री योगीलाई पितृशोक परेकोमा दुःख व्यक्त गर्नुभएको छ ।

त्यसैगरी अन्य शीर्ष नेता तथा सरकारका उच्च अधिकारीहरूले पनि विष्टको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।(रासस÷एएनआई)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !