२० बैशाख २०८१, बिहिबार

राप्ती नदीमा हामफालेर १ जनाको मृत्यु


मृत्यु

चितवन, ३ वैशाख । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन् ।

घरायसी झगडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !