१४ बैशाख २०८१, शुक्रबार

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सेनाबीच गोली हानाहान, १ जनाको मृत्यु


गोली

चैत १४, वीरगन्ज । पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा १ जनाको मृत्यु भएको छ । गोली हानाहानमा गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन् । उनलाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

मृतक तस्करको भने सनाखत हुन सकेको छैन् । उक्त निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामान सहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो । सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन् । उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको छ ।

घटनास्थबलाट सेनाले २ थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेको छ । शुक्रबार बिहान जंगल भित्रबाट बन्दुकको गोली पड्किएको आवाज आएपछि त्यसतर्फ गस्तीमा गएको सेनाको टोली माथि तस्करहरुले आक्रमण गरेपछि सेनाले पनि जवाफी कारवाहीमा गोली चलाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !