भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु Nepalpatra भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु
३१ बैशाख २०७८, शुक्रबार

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु


भेरी अस्पताल

बाँके । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका-१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।

उहाँलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !