७ बैशाख २०८१, शुक्रबार

भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु


भेरी अस्पताल

बाँके । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एक जनाको आज मृत्यु भएको छ । सो अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका-१५ का ७५ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।

उहाँलाई कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएकामा आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो । उहाँलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !