२२ बैशाख २०८१, शनिबार

बीपी प्रतिष्ठानमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमितमध्ये ४ जनाको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका थिए ।

पछिल्लो २४ घण्टामा मृतकहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी १ जना महिला, धनकुटाको सांगुरीगढी भेडेटारका १ जना वृद्ध पुरुष, झापाका १ जना वृद्ध पुरुष र झापाकै १ जना महिला रहेका छन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका संक्रमितमध्ये बराहक्षेत्र नगरपालिका-३ की ४४ वर्षीया महिला मृगौला रोगी थिइन् । उनलाई कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै धनकुटाको साँगुरीगढी-८, भेडेटारका ७२ वर्षीय वृद्धको कोभिड अस्पतालमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कात्तिक २९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

दीर्घ रोग नभएकी झापाकी २५ वर्षीया संक्रमित महिलालाई कात्तिक २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कोरोना पोजिटिभ भएको उनको पीसीआर रिपोर्ट भने २७ गते आएको थियो ।

त्यस्तै, कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका झापाका ८० वर्षीय वृद्धलाई कात्तिक २९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । सहप्रवक्ता डा श्रेष्ठका अनुसार मृतकहरुको मृतकको शव नियम अनुसार व्यवस्थापन कार्य भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !