२५ बैशाख २०८१, मंगलबार

होम आइसोलेशनमा रहेका बृद्धको मृत्यु


मृत्यु

चितवन, २६ कात्तिक । जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उहाँको भनाइ छ । कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उहाँको भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

भरतपुर अस्पतालमा ४५ शै्ययाको एचडियू

राजधानी वाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शै्ययाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ । दुई साताभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामाग्री खरिद प्रक्रियालाई अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शै्ययाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शै्ययाको निर्माण गर्न लागेको उहाँको भनाइ छ ।
कोभिड भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू वनाउन लागिएको हो । छिटोछरितो प्रक्रियाबाट सामान खरिद गरि एचडियू सञ्चालनमा ल्याइने पाण्डेले जानकारी दिनुभयो ।

होम आइसोलेशनमा रहेका बृद्धको मृत्यु

कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार यही कात्तिक १४ गते पुरानो मेडिकल कलेजमा उपचारका क्रममा स्वाबको नमुना दिएका वृद्धको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृगौला, मधुमेह र रक्तचापको समस्या भई उपचारका लागि आएका उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यमा सुधार नआएर घर लएिका र मङ्गलबार राती ११ः०० वजे मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !