२१ बैशाख २०८१, शुक्रबार

चितवन मेडिकल कलेजमा उपचाररत ३ जना कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन मेडिकल कलेज

चितवन कात्तिक १७ । चितवनमा थप ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरको कोभिड आइसियुमा उपचाररत भरतपुर महानगरपालिकाका २ जना पुरुष र देवचुली नगरपालिका नवलपुरका १ जना पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

कोरोना संक्रमणवाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका-४ निवासी ६३ वर्षिय पुरुष रहेका छन् । उनी कात्तिक १२ गते अस्पतालको कोभिड आइसियुमा भर्ना भएका थिए भने १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका समेत रोगी रहेका उनको हिजो आइतबार राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

यस्तै भरतपुर महानगरपालिका-३ का ५३ वर्षिय पुरुष हिजो आइतबार कात्तिक १६ गते अस्पताल भर्ना भएको आधा घण्टामै राती ९ बजेर ४३ मिनेटमा मृत्यु भएको हो । कार्तिक १३ गते कोरोना पुष्टि भएका उनी पनि मधुमेहको बिरामी भएको अस्पतालले जनाएको छ ।

साथै नवलपुर देवचुली-११ का ८० वर्षीय पुरुषको पनि आइतबार राती ११ बजेर २६ मिनेटमा मृत्यु भएको हो । कात्तिक १६ गते अस्पताल भर्ना भएका उनमा १४ गते कोरोना पुष्टि भएको थियो । उनमा अन्य रोगको समस्या नरहेको अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !