२१ बैशाख २०८१, शुक्रबार

विराटनगरमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु


नोबेल मेडिकल कलेज

विराटनगर, १५ कात्तिक । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । विराटनगरमा रहेको नोबेल मेडिकल कलेजमा ४ जना, विराट मेडिकल कलेजमा १ र म्याक्स अस्पताल विराटनगरमा १ जनाको मृत्यु भएको हो ।

नोवेल मेडिकल कलेजमा उर्लाबारी-१ की ६६ वषीय महिला र सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध र सुन्दरहरैचा नगरपालिका-१० की ६९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार १२ कातिकमा भर्ना भएका विर्तामोडका वृद्धलाई सोही दिन कोरोना पोजेटिभ देखिएको हो । निमोनियाको समस्या देखिएका वृद्धको शनिबार बिहान १२ः३० बजे मृत्यु भएको हो ।सुन्दरहरैचा नगरपालिका-१० की ६९ वर्षीय महिलालाई १० गते कोरोना पोजेटिभ देखिएको थियो । उनी सोही दिन नोबेलमा भर्ना भएकी थिइन् । उनको बिहान करिब ३ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

नोबेलमा उर्लाबारी नगरपालिका-१ की ६६ वर्षीय महिलाको मृत्यु भएको छ । उनलाई १३ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा सोहि दिन कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा विहान करिब ५ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

त्यस्तै सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समा नै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नु अघि नै मृत्यु भएको दाहालले जानकारी दिए ।

विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको शनिबार विहान ८ः३० बजे मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको कलेजकाे आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिए ।

म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान उदयपुरकी महिलाको मृत्युु भएको छ । शुक्रबार साझ अस्पताल भर्ना भएकी ४२ बर्षीय महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !