२० बैशाख २०८१, बिहिबार

चितवनमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु


मणिलाल तामाङ

चितवन, असोज २५ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट वडा अध्यक्षको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको मृत्यु भएको अस्पतालले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

असोज १६ गते कोरोना संक्रमण भई होम आइसोलेशनमा बस्दै आएका ६९ वर्षीय तामाङ असोज २३ गते विहान ११:३० बजे कोभिड संक्रमणसहित ज्वरो र श्वासप्रश्वासमा समस्या भई अस्पतालको कोभिड आइसीयुमा भर्ना भएका थिए ।

उनले उच्च रक्तचाप र सुगरको औषधी सेवन गर्दै आएको अस्पतालले बताएको छ । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गरेपछि भेन्टिलेटरमा राखी उपचार गर्दागर्दै आज बिहान ११:३० बजे उनको जटिल कोभिड निमोनियावाट मृत्य भएको हो ।

चितवनमा पहिलोपटक कोरोनबाट जनप्रतिनिधिको मृत्यु भएको हो । अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

उनी एक बिशुद्ध समाजसेवी र किसानको समस्याप्रति समर्पित वडा अध्यक्षको रुपमा परिचित थिए । वडामा कृषकहरु तरकारी होस् वा गाई भैंसी पाल्ने होस् कुखुरा होस् वा माछा पाल्ने किसान होस् उनलाई उत्तिकै चासो र महत्वको रुपमा लिन्थे ।

चितवनमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !