२६ बैशाख २०८१, बुधबार

विराटनगरकी कोरोना संक्रमित ७२ वर्षीया महिलाको मृत्यु


कोशी अस्पताल

विराटनगर, असोज १६ । मोरङ जिल्लाको विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) सक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका-१४ जतुवाकी ७२ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्र भर्ना गरिएको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए । ती महिलामा स्वासप्रश्वास र मिर्गौलाको समस्या थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !