१५ बैशाख २०८१, शनिबार

झापाका कोरोना संक्रमित ८६ वर्षीय वृद्धको मोरङमा मृत्यु


मृत्यु

विराटनगर, असोज ७ । झापा जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचाररत झापाको भद्रपुर-१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको आज बुधबार बिहान बिहान ५ः५० बजेमृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो । सोहि दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए ।

उनका अनुसार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आईसीयूमा भर्ना गरेर उपचार थाल्दै धेरै प्रयास गरिए पनि वृद्धलाई बचाउन सकिएन । वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको जानकारी डा. कोइरालाले बताए ।

उनका अनुसार जटिल खालको निमोनियाले ग्रस्त पारेका कारण वृद्धलाई बचाउन नसकिएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको जानकारी डा. कोइरालाले दिए । अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !