२३ बैशाख २०८१, आइतबार

कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


कोशी अस्पताल

विराटनगर, २० भदौ । कोशी अस्पताल बिराटनगरमा उपचाररत कोरोना (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-४ की ६४ वर्षीया महिलाको हिजो शुक्रबार साँझ ७ः३० बजेतिर मृत्यु भएको हो ।

मृतक महिलाको भने शनिबार बिहान ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको अस्पतालका बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । ती महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकी मृतक महिलाको मृत्यु भएको १२ घण्टापछि रिपोर्ट पोजेटिभ आएको हो । यादवका अनुसार प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !