२४ बैशाख २०८१, सोमबार

बीपी प्रतिष्ठान धरानमा उपचाररत १ जना कोरोना संक्रमित पुरुषको मृत्यु


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले एक प्रेस बिज्ञप्ति जारी गर्दै धरान-१५ का ६७ वर्षीय पुरुषको शनिबार मध्यान्ह १२:१५ बजे मृत्यु भएको जानकारी दिएका छन् ।

बिगत १ हप्तादेखि अत्यधिक खोकी, श्वास-प्रश्वासमा समस्या र ज्वरो आएपछि उनको कोरोना परिक्षण गर्दा साउन २७ गते कोरोना पुष्टि भएको थियो । धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन उनलाई भर्ना गरिएको थियो ।

उनी उच्च रक्तचाप रोगी भएको अस्पताल्ल्ले जानकारी दिएको छ । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी रहेको अस्पतालले जनाएको छ।

बीपी प्रतिष्ठान धरानमा उपचाररत १ जना कोरोना संक्रमित पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !