२६ बैशाख २०८१, बुधबार

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि


मृत्यु

चितवन, भदौं ६ । चितवनमा उपचाररत एक जना बिरामीको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि पुगेका हेटौँडाका ७५ वर्षीय वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि पुगेलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको बताइएको छ ।

तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । कोरोना संक्रमित भएर चितवन जिल्लाका ३ जनासहित अहिलेसम्म ५ जनाको मृत्यु भएकोमा बाँकी २ जनामध्ये १ जना कैलाली र अर्को १ जना मकवानपुरका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !