२६ बैशाख २०८१, बुधबार

पर्साको वीरगञ्जमा कोरोना संक्रमणवाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

वीरगञ्ज, साउन ३१ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा ७ दिनदेखि उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना अस्पताल स्रोतका अनुसार वीरगञ्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको हिजो शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको हो ।

उनी कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते नारायणी अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसका रोगी थिए । उनमा साउन २४ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०१ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

यो पनि पढ्नुहोस्

धनुषामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !