, धनुषामा कोरोना संक्रमणबाट थप १ जना ५० वर्षीय पुरुषको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

धनुषामा कोरोना संक्रमणबाट थप १ जना ५० वर्षीय पुरुषको मृत्यु

जनकपुर, साउन ३० । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुष रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार श्वास-प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर हिजो बिहीबार काठमाडौं रेफर गर्दा बाटोमै उनको मृत्यु भएको जानकारी दिएको छ ।

उनलाई बिहीबार दिउँसो १ बजे रेफर गरिएकोमा ३ बजे नै मृत्यु भएको थियो । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ ।