१४ बैशाख २०८१, शुक्रबार

धनुषामा कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्ड १ जनाको मृत्यु


मृत्यु

जनकपुरधाम, साउन २६। धनुषा जिल्लाको अस्पतालमा कार्यरत १ जना सुरक्षा गार्डको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । धनुषाको जनकपुरधाम-२ कदम चोकस्थित विद्यानगरमा अवस्थित विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालको सुरक्षा गार्डको हिजो साउन २५ गते आइतवार कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

जनकपुरको कदमचोक-कपिलेश्वर सडक खण्डको विनय तारा फाउण्डेशन अस्पतालका गार्डको मृत्युपछि कोरोना पुष्टि भएको छ । सो अस्पतालमा गार्डको काम गर्दै आएका धनुषाको मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने पुरुषको रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

विदामा घर गएको बखत बिरामी भएका उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो । मृतक ललिया गाउँबाट कामका लागि दैनिक जनकपुरस्थित फाउन्डेसनमा काम गर्न आवतजावत गर्दै आइरहेका थिए ।

हिजो आइतबार मृत्यु भएको उनलाई कोरोनाको लक्षण आशंका गरिएको थियो । मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो । धनुषा जिल्ला प्रशाशन कर्यक्लाया स्रोतका अनुसार उनमा कोरोनाको पुष्टि भएको र सो क्षेत्रमा कन्टयाक्ट ट्रयासिङ सुरु गरिएको छ ।

उनले स्वास्थ्य कार्यालय, स्थानीय प्रशासनको सहयोगमा मृतकको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र अस्पतालका कर्मचारीहरुलाई स्वाब संकलन गरिन लागेको छ । मृत्यु भएका पुरुष घरमा छोरा छोरीसँग बसेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !