२० बैशाख २०८१, बिहिबार

धनुषामा कोरोना संक्रमणबाट ३८ वर्षीय पुरुषको मृत्यु


मृत्यु

जनकपुर, साउन ११ । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिएका छन् । अत्यधिक ज्वरो, रुघाखोकी लागेपछि उनी शनिबार प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनलाई फोक्सो र मुटुमा समेत समस्या थियो ।

उनलाई करिब १ हप्तादेखि कोरोनाको लक्षण देखिएकोमा शनिबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गर्दा आज नै उनको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित उनमा कुनै प्रकारको दिर्घ रोग नदेखिएको डा. सिंहले बताए । मृतकको शव व्यवस्थापन जनकपुरमै गरिने बताइएको छ ।

प्रदेश नम्बर २ मा अहिलेसम्म एक दर्जनको कोरोना संक्रमणवाट मृत्यु भइसकेको छ । कोरोनाबाट धनुषामा पहिलो व्यक्तिको मृत्यु भएको हो । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !