२६ बैशाख २०८१, बुधबार

काठमाडौँको टोखामा पहिरोले पुरिएर २ जना बालबालिकाको मृत्यु


कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ, साउन ६ । काठमाडौँको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर २ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रामकुमार रानामगरको जुम्ल्याह जोडीहरु ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ ।

आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले बताएको छ । धनकुटाको भेरी गाउँपालिका-२ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !