२० बैशाख २०८१, बिहिबार

गोरखामा पहिरोमा परी १ जना महिलाको मृत्यु


मृत्यु

गोरखा, साउन ५ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–४ फुजेलस्थित कौदीककी ३४ वर्षीय लक्ष्मीमाया गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको छ । आज सोमबार दिउँसो बाख्रालाई घाँस दिँदै गर्दा अचानक आएको पहिरोले गोठ भत्काउँदा पुरिएर उनको ज्यान गएको हो ।

सूचना पाएलगतै ताङलीचोकबाट प्रहरी टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । गोठमा रहेको केही बाख्रासमेत पहिरोमा पुरिएको स्थानीयले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !