२५ बैशाख २०८१, मंगलबार

सिन्धुपाल्चोकमा खोलाले बगाएर १ जनाको मृत्यु


River_SWimming Bepatta

चौतारा, २९ असार । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् । खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका-५ जम्बु र भोटेकोशी गाउँपालिका-५ बुलकोटेका २० जनाको खोजी जारी छ । पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !